१८ भाद्र २०८२, बुधबार
Follow Us

एनआरएनए केन्द्रीय निर्वाचन : ६४ पदमा निर्वाचन हुने, अगष्ट ३० सम्म प्रतिनिधि दर्ता

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८०, बुधबार १९:३८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं महाधिवेशनमा ६४ पदमा निर्वाचन हुने भएको छ ।

संघको विधान अनुरुप अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १, दोश्रो पुस्ता संयोजक १, र प्रत्येक क्षेत्रीय संयोजक तथा उपसंयोजक ६, ६ जनाको लागि निर्वाचन हुने छ ।

निर्वाचन समिति गठन
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ।

गैरआवासीय नेपाली संघको गत महिना बसेको अन्तराष्ट्रिय परिषदको बैठकले अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा समिति गठन गरिएको हो।

निर्वाचन समितिको आयुक्त सदस्यमा चिरन्जीबी ढकाल (बेलायत), मन केसी (अष्ट्रेलिया), भूषण घिमिरे (जापान),सोनाम लामा (अमेरिका), टिबी कार्की (कतार) र प्रकाश धमला (कोरिया) रहेका छन् ।

केन्द्रीय प्रतिनिधि दर्ता अगष्ट महिनाभित्रै

संघको ११ औं महाधिवेशनमा भाग लिन चाहने केन्द्रीय प्रतिनिधिहरुको दर्ता प्रकृया अगष्ट महिनाभित्रै हुने भएको छ । संघको एमआईएस मार्फत केन्द्रीय प्रतिनिधिहरुको दर्ता शुरु गर्ने तयारी गरिएको छ । सो महाधिवेसनमा प्रतिनिधि दर्ता गर्न संघका राष्ट्रिय समितिले अनिवार्य रुपमा सदस्यता शुल्क केन्द्रमा बुझाउनु पर्ने छ । संघको विधान अनुसार मध्यपूर्वका केही देशले प्रति पंन्जिकृत सदस्य ३ डलर र अन्य देशले ५ डलर बुझाउनु पर्नेछ ।

संघको विधान अनुसार ९० प्रतिशत पूर्वपदाधिकारी र १० प्रतिशत प्रतिनिधि कार्यसमितिले चयन गर्ने प्रावधान रहेको छ ।

धेरै पढिएको