२१ बैशाख २०८१, शुक्रबार
Follow Us

केन्द्रीय निर्वाचनमा पनि अनलाइन र फेसभेरिफिकेसन प्रयोग हुन्छ : रविना थापा, अध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८०, शनिबार ०१:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अक्टोवर महिनामा हुने निर्वाचन फेसभेरिफिकेसन र अनलाइन (हाईब्रिड) मार्फत हुने भएको छ ।
गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले शनिवार राष्ट्रको लागि युवाको अन्तराष्ट्रिय अभियान कार्यक्रममा दिएको एक अन्तरवार्तामा संघले सुरुआत गरेको एमआईएस सिस्टमको परिक्षण सफल भएको बताइन् ।
उनले संघको ११ औं महाधिवेसनमा पनि अहिलेकै प्रणाली मार्फत केन्द्रीय पदाधिकारीहरुको निर्वाचन हुने बताइन् ।

उनले राष्ट्रिय समितिमा प्रयोग भएको फेसभेरिफिकेसन समेत सफल भएको बताउंदै अगामी निर्वाचनमा नेपाल र बाहिरबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिने बताइन् ।

उनले संघको अगामी कार्यकालको लागि आफुले उम्मेदवारी दिने वताइन् । थापाले अघिल्लो निर्वाचनमा आफु निर्वाचन लड्न चाहे पनि परिस्थितिले नदिएको बताइन् । उनले एनआरएनए अभियानमा भएको निर्वाचनलाई हारजितको रुपमा हेर्न नहुने बताइन् ।