२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन : सचिव पदमा भिम केसी ‘कमल’ को उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८०, शनिबार २१:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा भिम केसी ‘कमल’ ले उम्मेदवारी दिने भएका छन् ।

अगामी अक्टोवरमा हुने संघको ११ औं महाधिवेसनमा गैरआवासीय नेपाली संघ प्रोर्चुगलका पूर्वअध्यक्ष समेत रहेका केसीले सो पदमा उम्मेदवारी दिने बताए । उनले प्रोर्चुगलस्थित मदेरामा व्यवसाय गर्दै आएका छन् ।

यसअघि उनले गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि बिभिन्न पदमा जिम्मेवारी समाल्दै आएका छन् । उनले सन् २००९ – २०११ मा एनआरएनए प्रोर्चुगलको उपाध्यक्ष, सन् २०११ – २०१३ मा एनआरएनए मिडिया कार्यदल, सन् २०१५ – २०१७ मा एनआरएनए प्रोर्चुगलको अध्यक्षको रुपमा जिम्मेवारी समालेका थिए ।

गैरआवासीय नेपाली संघको विधान अनुरुप ६ सचिव पदको लागि अगामी अक्टोवर महिनामा निर्वाचन हुदैछ ।

संघको अध्यक्ष पदको लागि डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माको नाम चर्चामा छ ।