१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए सचिवमा अष्ट्रेलियाबाट डा.ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८०, सोमबार १४:२८

लण्डन । गैरआवासीय नेपाली संघको अगामी कार्यकालको लागि सचिव पदमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने भएका छन् ।

संघको अक्टोवर १७ देखि २० सम्म हुने ११ औं महाधिवेसनमा उनले सो पदमा उम्मेदवारी दिने बताएका छन् । उनी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत बिभागमा सिनियर इन्जिनियर हुन् । बिराटनगर, मोरङ् घर भएका रेग्मी सिड्नीमा बसोबास गर्दै आएका छन् ।

उनीले सन् २०१९ – २०२१ माएनआरएनए अस्ट्रेलियाको महासचिब, सन् २०१५ – २०१७ मा प्रवक्ता र संघको पूर्व सल्लाहकारको जिम्मेवारी समालेका छन् ।

यस्तै, उनले संघको विधान समिति लगायत बिभिन्न केन्द्रीय टास्क्फोर्समा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

उनले जापानको साइतामा युनिभर्सिटीबाट मास्टर्स, अस्ट्रेलियाको ओलोङ गोङ युनिभर्सिटी पिएचडि गरेका छन् ।

यसअघि उनले इन्जिनियरिङ्ग एसोसियसन जापान च्याप्टरको महासचिव, अस्ट्रेलियन नेपालीज डेमोक्रेटिक फोरमको महासचिव र जनसम्पर्क समिति जापान र अष्ट्रेलियाको सल्लाहकारको रुपमा काम गरेका छन् ।

गैरआवासीय नेपाली संघको ६ सचिव पदको लागि निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् ।