१५ बैशाख २०८१, शनिबार
Follow Us

ब्रिटिश नेप्लिज् प्रिमियर लिग मिड्ल्याण्ड वरियरले जित्यो

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८०, सोमबार १९:४५

लण्डन । ’केटिएम ट्राभल एण्ड टुर्स’को आयोजनामा दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । अगस्ट ६ तारिख आइतबार लन्डनको साउथलस्थित ‘लन्डन टाईगर स्पोर्टस् भेन्यू’ मा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको विशेष आतिथ्यतामा प्रतियोगीता सम्पन्न भएको हो ।

खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रमुख अतिथि बेलायती सांसद बिरेन्द्र शर्मा, नेपाली दूतावास लण्डनबाट उपनियोग प्रमुख रोशन खनाल, रबिजंग लामिछाने लगायत खेल मैदानमा उत्रेका थिए ।

६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगीताको उपाधी मिडल्यान्ड वारियर्सले जितेको छ भने गोर्खा क्रिकेट क्लब दोश्रो बनेको छ ।

विजेता टिमले २५५० पाउण्ड र दोश्रो हुनेले १००० पाउण्ड नगद र ट्रफी सहित पुरस्कृत गरिएको छ । यो पुरस्कार राशी बेलायतमा हुने नेपाली जुनसुकै खेलकुदको पुरस्कार भन्दा बढी रहेको आयोजकको दावी छ ।

६ प्लेअर अफ द म्याच प्रत्येकलाई ७५ पाउण्ड, क्याच अफ द टुर्नामेन्ट १०० पाउण्ड, बेस्ट बलर अफ द टुर्नामेन्ट १०० पाउण्ड, ब्याटर अफ द टुर्नामेन्ट १००, प्लेअर अफ द फाइनल १२५, प्लेअर अफ द सिरिज १७५ पाउण्ड पुरस्कार प्राप्त गरेका छन् ।

लिगको मुख्य आयोजक ’केटिएम ट्राभल एण्ड टुर्स’ का अपरेसन डाइरेक्टर सुनिल थापाले खेलाडीलाई बधाई दिंदै पुरस्कार वितरण गरेका थिए ।

टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडा तथा मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले खेलाडीलाई बधाइ दिंदै उनीहरु राष्ट्रिय गहना भएको र नेपाली खेलाडीलाई प्रोत्साहन दिनुपर्ने बताए ।

प्रतियोगितालाई गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी एसोसिएट्स, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रीज मःम, वर्ल्ड रेमिट, गोर्खा मःम, हिरेन पटेल सोलिसिटर, केटिएम स्टोर, च्यानल लन्डन, सुभु कन्स्ट्रक्सन लिमिटेड, लन्डन टाइगर, राजन अधिकारी फोटोग्राफी, क्यापिटल किड्स क्रिकेट, मिडलसेक्स क्रिकेट, युनी ल्याडर कन्सलटेन्सी, चुलो इन-ची, रेड प्यारोट एकाउन्टिङ, गोर्खा क्लिनिङ सर्भिस, रुबी एमएस रेस्टुरेन्ट, द कोनैजर रेस्टुरेन्ट, योर ड्राइभिङ स्कूल, आर के अटोज, क्याटलिस्ट आइटी सोलुसन, गोर्खा कम्युनिटी आउटरिच लगायतले प्रायोजन गरेका थिए ।

तस्बिर- एभरेष्ट गौतम