२१ बैशाख २०८१, शुक्रबार
Follow Us

पीपलमणि सिग्देलको विचारपुञ्ज न्युयोर्कमा लोकार्पण

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८०, मंगलवार ०३:५९

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति न्युयोर्कको लंग आइल्यान्डमा आइतबार लोकार्पण भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा इन्द्रावती गाउँपालीका सिन्धुपाल्चोकका पूर्व अध्यक्ष वंशलाल तामांगले लेखक सिग्देलको सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृत चेतद्वारा निस्किएका कृतिको संरक्षण हामी सबै मिलेर गर्नुपर्ने बताउनुभयो । समाजसेवी उमानाथ खनालको सभापतित्वमा संचालित कार्यक्रम उहाँ सहित प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरी प्रारम्भ भएको थियो भने उपस्थित अतिथिहरूले एकसाथ ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरकी कोषाध्यक्ष एवं साहित्यकार मेनका पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, आइसिसिका नवनिर्वाचित केन्द्रीय सदस्य दुर्गेश जंग कार्की, समाजसेवी विश्वराज वास्तोला, लंग आइल्यान्ड नेपाली समाजका अध्यक्ष वसन्त चापागाईँ, वरिष्ठ उपाध्यक्ष राजन गौली, महासचिव बाबुराम शर्मा, सल्लाहकार डा. हरि दाहाल, पूर्व अध्यक्ष टीका ढकाल, समाजसेवी मायादेवी खनाल,
लेखक पीपलमणि सिग्देल लगायतका वक्ताले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष डा. शेरबहादुर केसी, समाजसेवी यम अधिकारी, शंकर भण्डारी, शिव मैनाली, आचार्य गोकुल सापकोटा, रामकुमार ढकाल, योगराज पौडेल, गंगाहरि भट्टराई, रामेश्वर न्यौपाने, रघुनाथ न्यौपाने, सुस्मिता न्यौपाने, देवी कडेल, गणेश विष्ट, गरिमा गेलाल, रिया पाण्डे, प्रतिमा खनाल सिग्देल, गोमा सापकोटा, संगीता ढकाल, सुनीता खनाल पौडेल, विष्णुमाया खनाल, नीलिमा कार्कीलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लोकार्पण समारोहमा गेहेन्द्र खनाल, नरेन्द्र सुवेदी, केदार कट्टेल, रस्मी भट्ट, रविन संग्रौला, विश्व भण्डारी, दुर्गा आचार्य, रिया सापकोटा, गीता सापकोटा, काँशी भट्टराई, गगन सापकोटा, अनु फ्युँयाल, संतोषी खड्का सुवेदी, प्रमिला केसी कार्की, गणेशकला पौडेल, कृष्णदास बैरागी, अच्युत चापागाईँ, एलिया कुमाल, रमिला भण्डारी, कुलचन्द्र भण्डारीलगायत साहित्यानुरागी महानुभावहरूको उपस्थिति थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, अमेरिकाको नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्य सौरभ नामक कृति पनि लोकार्पण गरिएको थियो ।

२४५ पेजको कृतिभित्र समय-समयमा कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपालब्रिटेन डटकम, विश्व सन्देश साप्ताहिक, हलिउडखबर डटकम लगायतका मिडियामा प्रकाशित सामग्री तथा थप रचना समेटिएका छन् ।
प्रा. डा. नवराज कट्टेलको भूमिका लेखन रहेको कृतिमा दुर्गाप्रसाद पोख्रेलको अंग्रेजीमा कविताको अनुवादका साथ विषय प्रवेश गर्नुभएको छ ।