२२ बैशाख २०८१, शनिबार
Follow Us

म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार ०७:११

मेलबर्न । न्युयोर्क ‘इलेभन म्याडिसन पार्क’ सन् २०१७ को विश्वको सबैभन्दा उत्कृष्ट रेस्टुरेन्ट बनेको मेलबर्नमा भएको पुरस्कार वितरण कार्यक्रममा जनाइएको छ । यसपहिले अर्थात् सन् २०१६ मा प्रथम बन्न सफल इटालीको अस्टेरिया फ्रान्सेस्कानालाई पछि पार्दै म्याडिसन पार्क प्रथम बन्न सफल बनेको हो ।
व्यावसायिक कुक सेफ डेनियल हमद्वारा सञ्चालित यो रेस्टुरेन्टले विश्वको उत्कृष्ट भनी छानिएका ५० रेस्टुरेन्टलाई पछि पार्दै प्रथम पुरस्कार पाउन सफल भएको हो । यस पुरस्कारलाई विश्वको खाना जगत्मा ओस्कारका रूपमा हेर्ने गरिन्छ । त्यसैगरी स्पेनको एल सेलर डेकन रोका तेस्रो स्थानमा आउन सफल भएको छ ।