२८ आश्विन २०८२, मंगलवार
Follow Us

इंग्ल्यान्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८०, शनिबार १३:५३

सिड्नी । इंग्ल्यान्ड र आयोजक अस्ट्रेलिया महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । शनिबार ब्रिसबनमा सम्पन्न क्वटरफाइनल खेलमा आयोजक अस्टे«लियाले फ्रान्सलाई सडनठेथमा ७–६ ले पराजित गरेको हो भने सिड्नीमा सम्पन्न खेलमा इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले पराजित गरेको हो ।

यो नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । इग्ल्यान्डले आयोजक अस्ट्रेलियासँग दोस्रो सेमिफाइनल खेल खेल्ने छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाएका स्पेन र स्वीडेनले मंगलबार भिड्ने छन् ।

शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा कोलम्बियाका लागि ४४ औं मिनेटमा लिसी सान्तोषले गोल गरेकी थिइन् । यो अग्रतालाई जोगाउन नसक्दा कोलम्बिया क्वाटरफाइनलबाटै घर फर्किनु प-यो । इंग्ल्यान्डका लागि पहिलो हाफको अतिरिक्त समयमा लाउरा हेम्पले गोलको खाता खोलिन् । खेलको ६३ औं मिनेटमा एलिसिया रुसोले अर्को गोल थपेपछि इंग्ल्यान्डको जीत सुनिश्चित भयो ।

यसअघि ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा ७–६ ले फ्रान्सलाई हरायो । खेलमा २० वटा पेनाल्टी प्रहार भएका थिए ।

धेरै पढिएको