१५ बैशाख २०८१, शनिबार
Follow Us

मलाई कांग्रेसले अध्यक्षको टिकट दियो भन्ने समाचार भ्रामक हो : महेश श्रेष्ठ, एनआरएनए उपाध्यक्ष

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८०, सोमबार १४:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठ संघको ११ औं महाधिवेसनमा सहमतिमै नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन् ।

श्रेष्ठले सोमवार साँझ नेपालब्रिटेन डट कमसंग कुरा गर्दै आफुलाई नेपाली कांग्रेस पार्टीले अध्यक्ष पदको टिकट दिएको भन्ने समाचार भ्रामक भएको बताए । उनले भने ‘ संस्थागतको कामको लागि काठमाण्डौंमा छु । भेटघाट र छलफलहरु जारी छन तर नेपाली कांग्रेसले मेरो पक्षमा निर्णय गरेको भन्ने होइन् ।’ उनले आफु कुनै पनि राजनीति दलको उम्मेदवार बन्न भन्दा सबै एनआरएनको साझा उम्मेदवार बन्न चाहेको बताए ।

संघको ११ औं महाधिवेसनको लागि अध्यक्षको लागि श्रेष्ठ सहित डा. बद्री केसी, डा. हेम राज शर्मा, रविना थापा र आरके शर्माले उम्मेदवारी दिने दावी गरेका छन् ।

संघका महासचिव डा. केशव पौडेलको नाम विभिन्न मिडियामा अध्यक्षको उम्मेदवार भनेर आए पनि औपचारिक रुपमा मुख खोलेका छैनन् ।
संघको ११ औं महाधिवेस अक्टोवर १७ देखी २० सम्म काठमाण्डौंमा हुदैछ ।