२१ बैशाख २०८१, शुक्रबार
Follow Us

संगीतकार गैरे सुरेशको शिव भजन ‘भोले शंकर’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८०, सोमबार १४:४७

संगीतकार गैरे सुरेशको शिव भजन ‘भोले शंकर’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रहेको सो भजनमा संगीतकार गैरेकै संगीत र स्वर रहेको छ । साउनको अन्तिम सोमबारको दिन पारेर आज सार्वजनिक गरिएको उक्त भजनको भिडियो पशुपतिलगायतका स्थानमा छायांकन गरिएको छ । भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पशरुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेले अभिनय गरेका छन् ।
सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।
उनले संगीत गरेका गीत÷गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ लगायत लोकप्रिय र कर्णप्रिय छन् । सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन् ।