१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अध्यक्षमा सर्वसम्मतको प्रस्ताव !

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८०, आईतवार १७:१६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न आग्रह गरिएकोछ ।

गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा अल्डरटमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले संघको अगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न आब्हान गरे ।

गुरुङले गैरआवासीय नेपाली संघलाई धनीहरुको कल्वको रुपमा हेरिदै आएको चर्चा गर्दै अगामी ११ औं महाधिवेसनबाट बैद्धिक व्यक्तित्वले नेतृत्व लिनु पर्नेमा जोड दिए ।
गुरुङले गैरआवासीय नेपाली संघको अभियानको नेतृत्व यूकेले गरिरहेको अवस्थामा पुनः नेतृत्व यूकेलेनै लिनु पर्ने बताए । उनले संघको सर्वसम्मत नेतृत्वको लागि संघको वरियताक्रममा पहिलो नम्बरमा रहेका र लामो समय देखि अनुभव बटुलेका डा. हेम राज शर्माको नाममा सर्वसम्मतको उम्मेदवारको रुपमा प्रस्ताव गरे ।
उनले गैरआवासीय नेपाली संघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव केशव पौडेल लगायत केन्द्रीय पदाधिकारी तथा राष्ट्रिय समितिका पदाधिकारीहरुले शुभकामना दिने कार्यक्रम तय गरिएको छ । कार्यक्रम जारी छ ।