८ बैशाख २०८२, सोमबार
Follow Us

कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बिहीवार बस्ने

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८०, मंगलवार ०४:५९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहीवार बस्दैछ ।

विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक डाक्नुभएको हो । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाउनु भएको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । वैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ । गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापाको पक्षमा खुलेका थिए ।