११ पुष २०८२, शुक्रबार
Follow Us

‘आमनिर्वाचन काँग्रेसको पहिलो प्राथमिकता हो’ : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार ०६:२०

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र काँग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए ।

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए ।

धेरै पढिएको