२४ असार २०८२, मंगलवार
Follow Us

एनआरएनए पाँचौं विश्व स्वास्थ्य सम्मेलन : १९ बुँदे टोकियो घोषणापत्र जारी

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८०, मंगलवार २१:१९

टोकियो । प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ ।

ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको कोलाब्रेसनमा आइतबार सम्पन्न पाचौ ग्लोबल नेपाली हेल्थ कन्फेरेन्स (विश्व सम्मेलन)ले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गरेको हो ।

“हामी स्वास्थ्य व्यक्ति, समुदाय, राज्य र एक राष्ट्रको प्राथमिकता हो भन्ने कुरालाई निरन्तर पुष्टि गर्छौं।”सम्मेलन पछि जारी गरिएको घोषणामा उल्लेख गरिएको छ – स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो र हामी विश्वभर स्वास्थ्य जानकारी र सेवाहरू पहुँच गर्ने कुरामा कुनै पनि नेपालीलाई पछि नछोड्ने कुराको पुष्टि गर्दछौं।

नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई देशको नागरिकको रूपमा आधारभूत विश्वव्यापी स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न आह्वान गर्दै घोषणामा भनिएको छ-हामी द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू, संघहरूलाई पनि स्वास्थ्य आवश्यकताहरू पहिचान गर्न आह्वान गर्दछौं। आप्रवासी र उनीहरूका स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्दैनन्।

प्रवासीहरूले स्वास्थ्यका लागि अनौठो चुनौतीहरूको सामना गर्छन् भन्ने कुराको पुष्टि भएको बारे घोषणामा यी चुनौतिहरूको समाधान फरक तरिकाले गर्न आवश्यक छ भन्ने साझा बुझाई कायम भएको उल्लेख गरिएको छ ।

सम्मेलनमा नेपालीको स्वास्थ्यमा सरोकार राख्ने नेपाल बाहिर र नेपाल भित्रका स्वास्थ्यकर्मी, सरोकारवाला, संस्था, अन्तर्राष्ट्रिय एजेन्सीहरुको सबैभन्दा ठूलो भेलाको रूपमा रहेको उक्त सम्मेलनमा विश्व भरिबाट ३० वटा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

नेपाली समुदायको स्वास्थ्य सुनिश्चित गर्नका लागि सम्मेलनले स्वास्थ्य सेवामा संलग्नहरूलाई एकसाथ ल्याउने, जसले स्वास्थ्य, चिकित्सा र शल्य चिकित्सा स्वास्थ्यकर्मी,नर्सहरू, सार्वजनिक स्वास्थ्यकर्मीहरू, चिकित्सा हेरचाह विशेषज्ञहरू, प्यारामेडिकहरू, नीति निर्माताहरू, वैज्ञानिकहरू, सम्बद्ध स्वास्थ्य सेवाकर्मीहरू, स्वास्थ्य अधिवक्ताहरू र अन्य पेशाहरूसँगको व्यवस्थापनमा सहयोग पुर्याएको आयोजकले बताएको छ ।

सम्मेलनमा वैज्ञानिक पेपर प्रस्तुतीकरण, कार्यशाला, सीप निर्माण सेमिनार, नीतिगत छलफल, घोषणापत्र, प्यानल छलफल, विद्यार्थी फोरम, पूर्व विद्यार्थीहरूको पुनर्मिलन आदि समावेश कार्यक्रमहरू र गतिविधिहरू समावेश गरिएको थियो ।

औपचारिक रूपमा शनिबार जापानको टोकियोमा उद्घाटन भएको कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानमा बस्ने आप्रवासी नेपालीहरुको स्वास्थ्यका विषयमा दूतावास गम्भीर रहेको बताए।

जापानमा विद्यार्थी तेस्रो धेरै र नेपाली समुदायको संख्याले छैटौं रहेको बताउँदै जापान र नेपाल सरकारले उनीहरुको स्वास्थ्य सेवा सुनिश्चितताका लागि पहल गर्ने उल्लेख गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बद्री केसीले आप्रवासीको मात्र नभइ नेपालको स्वास्थ्य क्षेत्रमै आफूहरुले योगदान दिइरहेको उल्लेख गरे। कोभिडको समयमा नेपाल सरकारको पहलबाट सम्भव नभइरहेको अक्सिजन प्लान्टदेखि पीसीआरसम्म आफूहरुले उपलब्ध गराउन सकेको बताए।

अध्यक्षता एनआरएनए जापानका अध्यक्ष नविन निउरेले गरेका थिए भने कार्यक्रमको संचालन को चेयर डा एलिजा केसी भण्डारी ९म्चएज्०ले गरेकी थिइन ।

धेरै पढिएको