१७ असार २०८१, आईतवार
Follow Us

जापानमा नेपालीहरु चढेको कार खोलामा खस्दा एकको मृत्यु, ४ घाइते

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८०, मंगलवार २१:५७

टोकियो। जापानमा सवारी दूर्घटनामा परि एक नेपालीको निधन भएको छ । ह्योगो प्रान्तको हिमेजी सहरमा पाँच जना नेपाली चढेको कार सडकबाट पल्टिएर खोलामा खस्दा कम्तिमा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा परेका सबै नेपाली विद्यार्थीहरु हुन् । उनीहरु रातको समयमा पार्टटाइम काम सकेर कोठा तर्फ फर्कंदै गरेका थिए । कारमा सवार सबै जापान ईन्स्टिच्युट अफ टेक्नोलोजिमा अध्ययनरत विद्यार्थीहरु हुन् ।

दुर्घटनामा निधन भएका चितवनका २१ बर्षका रमेश पुरी हुन् । जापानी समाचार संस्थाहरुमा प्रकाशित समाचार अनुसार ह्योगो प्रान्तको हिमेजी सहरमा राष्ट्रिय राजमार्गमा मंगलबार १९ तारिख बिहान पाँच नेपाली सवार कार पल्टिँदा एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान करिब ३ः३० बजे हिमेजी सहरको शिकाहिगाशी–चोमा पार्टटाइम काम सकेर फर्कंदै गरेका पाँच जना नेपाली सवार गाडी सडकबाट फुटपाथमा राखिएको बारसँग ठोक्किएर, बार भत्काएर पल्टिएको थियो । घटनाको प्रकृति हेर्दा कार तिब्रगतिमा गुडाएको देखिएको छ ।

दुर्घटनामा कारको पछाडिको सिटमा सवार २० वर्षका एक व्यक्ति गाडीबाट खोलामा खस्दा निधन भएको हो । उनलाई घटनास्थलदेखि करिब ४ मिटर पर नदीमा मृत्यु अवस्थामा फेला पारेको बताइएको छ ।

२० बर्ष उमेर समुहका तीन जना पुरुष र एकजना महिला घाइते भएको र उनिहरु खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीले वास्तविक कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ । घाइते तथा निधनभएका व्यक्तिको बारेमा विवरण खुलाइएको छैन ।

– जापान समाचार