२१ असार २०८१, बिहीबार
Follow Us

मिसन अस्पताल पुनः सञ्चालनको लागि देउराली फाउण्डेसनद्धारा श्रम शिबिर आयोजना

नेपालब्रिटेन डट कम्
८ आश्विन २०८०, सोमबार २२:२०

काठमाडौं । पर्वतको पैयुँ गाउँपालीका हुवासमा अवस्थित र हाल बन्द अवस्थामा रहेको मिसन अस्पताल पुनः सञ्चालनको वातावरण तयार गर्नको लागि देउराली फाउण्डेसनले श्रम शिबिर आयोजना गरेको छ ।

देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरेले एक सूचना जारी गर्दै अस्पताल परिसर सरसफाई, तारबार र भवनहरुमा रंगरोगन गर्न श्रम शिबिर आयोजना गरिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार श्रम शिबिर असोज ११ गतेबाट काम सम्पन्न नहुन्जेल सम्म जारी रहने भएको छ ।

आफूहरुले आयोजना गरेको श्रम शिबिरमा सहभागी हुन् इच्छुक हुवास बासीहरुलाई श्रम शिबिरमा सहभागी हुनको लागि अध्यक्ष घिमिरेले आह्वान समेत गर्नु भएको छ ।

श्रम शिबिरमा सहभागी हुनको लागि ९८५१२०८८३८ नम्बरमा सम्पर्क गर्न सकिने छ ।