काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर(२ बाट उम्मेदवार बनाउँदै छ ।
खरेल ललितपुर-२ मा रास्वपाबाट उम्मेदवार बन्ने
मन्त्री पदबाट राजीनामा दिएर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दै छन् । उनले आजै साँझ पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्न लागेको स्रोतले बताएको छ । भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा दिन लागेका हुन् ।