५ माघ २०८२, सोमबार
Follow Us

काँग्रेस एकताबद्ध भएर चुनावमा जाने वातावरण बन्यो : मीन विश्वकर्मा

नेपालब्रिटेन संवाददाता
५ माघ २०८२, सोमबार १२:५८

काठमाडौँ। नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले काँग्रेस एकताबद्ध भएर चुनावमा जाने वातावरण बन्दै गएको बताएका छन्। शेरबहादुर देउवा निकट रहेका नेता विश्वकर्माले विभाजित परिस्थितिमा एउटै चुनाव चिन्ह लिएर जाने वातावरण बनेको बताए।

उनले भनेका छन्, ‘बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका साथीहरूलाई एकै स्वर र एकै चुनाव चिन्ह लिएर आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण बनाउन गरिएको भगीरथ प्रयासका सकारात्मक लक्षणहरू देखिन थालेकोमा मनमा थोरै भए पनि खुसी छाएको छ।’

सुनसरी १ बाट उम्मेदवार बन्न सिफारिस गर्नेहरूप्रति आभार व्यक्त गर्दै उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

उनले थपेका छन्, ‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढाँचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु।’

रूख चुनाव चिन्हको आधिकारिक उम्मेदवार बन्नेहरूलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धेरै पढिएको