१९ मंसिर २०८१, बुधबार
Follow Us

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०८०, मंगलवार ०६:०३

काठमाडौं । काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, साङ्गठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले बागमतीले जनाएको छ ।

सोमबार भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरिएको थियो । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।