२८ मंसिर २०८१, शुक्रबार
Follow Us

जुम्ला विमानस्थल विस्तारको लागि बजेट विनियोजन

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०८०, मंगलवार १३:३१

जुम्ला- जुम्ला विमानस्थल विस्तार हुने भएकाे छ । सरकारले बजेट छुट्याएपछि जुम्ला विमानस्थल विस्तार हुने भएकाे हाे । विमानस्थल विस्तारका लागि बजेट विनियाेजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कायर्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निदर्देशन दिएसँगै विमानस्थल विस्तारकाे बाटाे खुलेकाे हाे ।
मन्त्रालयले विमानस्थल विस्तारका लागि चार कराेड बजेट विनियोजन गरेकाे छ ।

गत आार्थिक वर्षमा विमानस्थल विस्तारका लागि एक कराेड बजेट विनियोजन गरिएकाे थियाे । यो बजेट खर्च नभएर फ्रिज भयो । लामाे समयदेखि विमानस्थल विस्तारकाे बहस चलेपनि काम हुन सकेकाे थिएन । तर,चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैया विनियोजन गरेसँगै विमानस्थल विस्तारमा आशा जागेको छ । हाल २०५१ सालमा निर्मित पुरानो टर्मिनल भवनमै विमानस्थल चलेको छ ।

जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाई,२० मिटर चौडाई सम्म छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आइतबार अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकोले आवश्यक समन्वय गर्न नागरिक उड्यन कार्यालय जुम्लालाई निर्देशन दिएको छ ।

हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताउनु भयो । उहाका अनुसार अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुनेछ । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएपनि चाडै केहि रकम विनियोजन हुने आशामा रहेको उहाले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य मानवीय छिरिङ ल्यामु लामा तामाङले लामाे प्रतिक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताउनु भयो । सबै सराेकारवालाकाे संयुक्त प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी ४ करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उहाले बताउनु भयो ।

आफुले सांसद पदको सपथ खाए संगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उहाको दाबी छ । सांसद लामाले भन्नु भयो,“विकास ढिलो चाडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा ३ करोड बढी बजेट आयो । यो अपेक्षाकृत होईन् । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।”

यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताउनु भयो ।