१९ बैशाख २०८१, बुधबार
Follow Us

मानवसेवा आश्रम बेलायत शाखाको अध्यक्षमा सुनिलबाबु खड्का

नेपालब्रिटेन डट कम्
१० आश्विन २०८०, बुधबार ००:४७

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई पूरा गर्न मानवसेवा आश्रम यूके च्यापटर गठन भएको छ ।

मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुनी नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पुरा गर्न आश्रमले मानवसेवा आश्रम यूके च्यापटर गठन गरेको हो ।

सेप्टेम्बर २४ तारिकमा अल्डरसटमा मातृत्व र मातृभूमिको सम्मानमा आयोजित आमा सेमिनारमा च्यापटर घोषणा भएको थियोे । च्यापटरका पदाधिकारीहरुलाई आमा सेमिनारका प्रमुख अतिथि समेत रहनुभएका बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

आश्रमका अभिभावक बेलायतनिवासी समाजसेवी सुनिलबाबु खड्काको संयोजकत्वमा गठन भएको च्यापटरमा राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक, यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१ सदस्य हुनुहुन्छ ।

समितिले मानवसेवा आश्रमले लिएको लक्ष्य पुरा गर्न बेलायतनिवासी मनकारी व्यक्तित्वहरुबाट सहयोग जुटाउने र मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमले बेलायतमा गर्ने कार्यक्रमहरुको आयोजना र व्यवस्थापन गर्नेछ ।

विगत ५ बर्षदेखी आश्रमका अभिभावक सुनिल बाबु खड्काले व्यक्तिगत प्रयासमै यी कार्यक्रमहरु गर्दै आउनुभएको थियो । यस अघि २०१८ मा समेत एक चरणको कार्यक्रम आयोजना भइसकेको छ ।

२०८२ सालभित्रै नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरीसक्ने संकल्पलाई पुरा गर्न थप शशक्त भई अभियानका कार्यक्रमहरु आयोजना गर्नुपर्ने भएको र यस वीचमा आयोजना भएका कार्यक्रमहरुबाट आश्रमलाई अत्यन्त माया गर्ने व्यक्तिहरु समेत जोडीनुभएकोले च्यापटर गठन गरिएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

यस लगतै गोरखा समाज अस्ट्रेलियाको आयोजनामा फेबु्रअरी १३ देखी मार्च १३ सम्म अस्ट्रेलियामा आमा कार्यक्रम प्रस्तुत हुनेछ ।