१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्डको दवाव आए पनि उम्मेदवारी फिर्ता लिन्न् : आरके शर्मा, अध्यक्ष (उम्मेदवार), एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
११ आश्विन २०८०, बिहीबार २०:४३

लण्डन । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासी आरके शर्माले न्यायपूर्ण प्रस्ताव आए आम सहमतिको लागि आफु बाधक नहुने बताएका छन् ।

शर्माले नेपालब्रिटेन डट कम र युरोपनेपालीखबर डट कमको लागि विहिवार साँझ दिएको एक अन्तरवार्तामा आम गैरआवासी नेपालीहरुको भावना समेट्ने गरि न्यायपूर्ण प्रस्ताव आए सर्वसम्मतको नेतृत्व चयन गर्न आफु सकरात्मक रहेको बताए ।

उनले जुनसुकै राजनीतिक दवाव आए पनि आफ्नो उम्मेदवारी कायम रहने बताए । शर्माले प्रधानमन्त्री लगायत राजनीतिक दलका नेताहरुले संघको निर्वाचनको विषयमा उम्मेदवारहरुसंग छलफल गर्न उचित नहुने भन्दै प्रधानमन्त्रीको दवाव आए पनि प्रतिनिधिहरुलाई धोका दिएर निर्वाचनको रेस छोड्न नसकिने तर्क गरे ।

शर्मा गैरआवासीय नेपाली संघका मुद्दामा सबै राजनीतिक दलसंग मिलेर काम गरेको अनुभव सुनाउदै आफु सबै दलको साझा उम्मेदवार भएको दावी गरे ।
गैरआवासीय नेपाली संघको निर्वाचन १९ अक्टोवरमा हुदैछ । नयाँ नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र विनय अधिकारीले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि अध्यक्ष पदको लागि चर्चामा रहेका डा. हेम राज शर्माले सहमतिको वातावरणको लागि भन्दै पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।