१९ बैशाख २०८१, बुधबार
Follow Us

प्रविधिको प्रयोगले संस्थागत विकृतिहरु हटाउन सकिन्छ : डा. हेम राज शर्मा, उपाध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०८०, सोमबार ०२:१७

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको विकृति हटाउन अनलाइन प्रणालीको प्रयोगलाई जोड दिनु पर्ने बताए।

गैर आवासीय नेपाली परिषद् स्पेनद्वारा आइतबार बार्सिलोनामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष शर्माले पारदर्शीताकोलागि अनलाइन सिस्टम शुरु गरिएको बताएका हुन्।

निर्वाचनको समयमा सबै काठमाडौं जान नसक्ने भएकाले फेस भेरिफिकेसनका आधारमा मतदानमा सहभागी हुने सक्ने व्यवस्था गरिएको बताए।

एनआरएनएको नेटवर्कलाई सदुपयोग गर्न नसकिएको बताउँदै काम गर्ने दायरा फराकिलो बनाउनु पर्ने बताए।

‘अहिले एनआरएनएमा एउटै सोच भएका मात्रै जोडियौं,’ शर्माले भने,‘दोस्रो पुस्ताका युवालाई जोडर नयाँ सोचका साथ काम गर्न सकिन्छ।’

डा. शर्माले संघको महासचिव हुँदा संस्थालाई संस्थागत गर्न ठुलो प्रयास गरेको सुनाए। ११ औं अधिवेशनमा पुनः उपाध्यक्षकै उम्मेदारी घोषणा गरेका शर्माले ९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्।

आफ्ना प्रतिवद्धतामा महिला र युवालाई एनआरएनएमा जोड्ने योजना रहनु पर्ने बताए। नेपालमा प्रकृतिक प्रकोपहुँदा डिजिटल माध्यमबाटै फण्ड उठाउन सकिने बताए।