२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सिनाले पुनः उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०८०, बुधबार १२:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले पुनः सोही पदमा उम्मेदवारी दिने भएका छन् ।

उनले संघको १९ अक्टोबरमा हुने निर्वाचनमा फेरि चुनावी मैदानमा खडा हुने भएका छन् ।

एनआरएनभित्र लोकप्रिय छवि बनाएका उनी नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए ।

सन् २००७ देखि एनआरएनमा आवद्ध बेलायत निवासी तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३– १५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए।

एनआरएनका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियन्ताहरुसँग निकट सम्बन्ध रहेका उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

मिलनसार र सहयोगी भावका उनी सबैसँग मिलेर काम गर्ने एनआरएनका नेताका रुपमा चिनिन्छन् ।