२३ बैशाख २०८१, आईतवार
Follow Us

६ पत्रकार ‘एनआरएनए फेलोसिप’ द्धारा सम्मानित

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०८०, बिहीबार ००:०८

लण्डन । गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसिप प्रदान गरेको छ। संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समिक्षा गर्न ६ विषयमा फेलोसिप प्रदान गरेको हो।

काठमडौंमा पत्रकार सम्मेलनकाबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार गर्ने पत्रकारलाई फेलोसिप प्रदान गरेको छ। फेलोसिपबाट प्राप्त रिपोर्ट गैरआवासीय नेपाली संघको विशेष प्रकाशनमा छापिएका छन्।

फेलोसिप पाउनेमा रातोपाटी डटकमका राजकुमार सिग्देल रहेका छन्। उनले विगतदेखि वर्तमानसम्म परोपकारी काममा गैरआवासीय नेपाली संघको भूमिका विषयमा रिपोर्ट तयार गरेका छन्।

विगत २० वर्षको अवधिमा गैरआवासीय नेपालीले आर्थिक प्रवद्धर्नका क्षेत्रमा गरेको योगदान तथा प्रविधी हस्तान्तरणको विषयमा नेपालखबरडटकममा आवद्ध पत्रकार वसन्त अर्यालले उजागर गरेका छन्।

कान्तिपुर टेलिभिजनकी पत्रकार अञ्जना लामिछानेले गैरआवासीय नेपालीहरूका लागि ल्याइएका हालसम्म भएका नीतिगत तथा कानूनी व्यवस्था र उपलब्धिहरु जस्तै, एनआरएनए ऐन, एनआरएनए नागरिकता, मताधिकार एनआरएन इन्भेष्टमेन्टको विषय समेटेकी छन्।

ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध अंगराज न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि संघ र नेपाल सरकारको समन्वयमा भएका नीतिगत सुधारहरु, संघको भूमिका तथा अब गर्नुपर्ने पहलको विषयमा रिपोर्ट लेखेका छन्।

नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि विदेशमा रहेका नेपाली समुदायको योगदान विषयमा बेलायतमा कान्तिपुर दैनिकका बेलायतमा कार्यरत पत्रकार नविन पोखरेलले रिपोर्ट तयार गरेका छन्।

त्यस्तै, गैरआवासीय नेपाली अभियानमा महिला र युवाहरुको सहभागिता तथा योगदानको विषयमा अन्नपूर्ण पोष्टकी तारा चापागाईले समेटेकी छन्।