१२ श्रावण २०८१, शनिबार
Follow Us

घटस्थापनायता करिब ५ लाखले राजधानी छाडे

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०६:०६

काठमाडौं । दसैंका मुख्य दिन नजिकिएसँगै राजधानीबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । घटस्थापनायता करिब पाँच लाखले राजधानी छाडिसकेको उपत्यका ट्राफिक प्रहरीको अनुमान छ ।

घटस्थापनादेखि बिहीबार बिहान ६ बजेसम्म उपत्यकाका विभिन्न नाकाबाट करिब पाँच लाख यात्रु बाहिरिएका हुन् । हिजो (बुधबार) दिनभर करिब डेढ लाख यात्रुले उपत्यका छाडेको अनुमान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको छ ।

विभिन्न प्रयोजनका कारण राजधानीमा बसोबास गर्दै आएकाहरु दसैं मनाउन बाहिरिएका हुन् । सरकारी बिदा सुरु भएपछि फूलपाती र अष्टमीका दिन सबैभन्दा बढी मानिस राजधानीबाट बाहिरिने गरेका छन् ।