१२ श्रावण २०८१, शनिबार
Follow Us

२ किलो चिनी किन्न धादिङदेखि काठमाडौँ

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८०, बिहीबार १२:५२

काठमाडौँ । बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखिका मानिस आएका छन् ।

नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् ।

दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निर्वाह गर्न नसकेको भट्टराईको गुनासो छ । उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापरबाहीकै कारण भएको भन्दै आक्रोश पोखे ।

सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेको बताइन् । सहुलियत पसल भन्दा बाहिर चिनी नपाएकाले २ किलो चिनीका लागि लाइन लागेको उनको भनाइ छ ।