लण्डन । अर्थमन्त्री डा. प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणमा आउने भएका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार डा. महत शनिवार साँझ कतार एरवेज मार्फत लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारीमा छन् ।
डा. महत आगामी सोमवार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा समेत सहभागी हुने छन् ।
उनको सम्मानमा नेपाली जनसम्पर्क समिति बेलायतले आइतवार लण्डनमा एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको छ ।
उनी नोभेम्वर १ तारिख नेपाल फर्किने कार्यक्रमतय भएको सभापति गुरुङले नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।