१२ श्रावण २०८१, शनिबार
Follow Us

सेयर बजार १४.२९ अंकले घट्यो

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०८०, मंगलवार १३:०८

काठमाडौं ।  सेयर बजार १४.२९ अंकले घटेको छ । मंंगलबार नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

मंगलबार २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।