२३ बैशाख २०८१, आईतवार
Follow Us

भूकम्प प्रभावित क्षेत्रमा टहरा निर्माण गर्दै कांग्रेस महामन्त्री गगन थापा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०८०, शुक्रबार १४:०७

लण्डन । नेपाली कांग्रेसका नेताहरूले श्रमदान गरेर भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न सकृय रहेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ चिउरीमा टहरा निर्माणमा श्रमदान गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो छल्नका लागि अस्थायी घर बनाउन जरुरी रहेको थापाले जनाए ।

केही इन्जिनियर तथा स्वयंसेवी सहित अस्थायी आवास निर्माणमा जुटेका जानकारी थापाले दिए ।

उनले पाँच घण्टाको समयमा २ जना दक्ष जनशक्ति, २ जना अर्ध दक्ष जनशक्ति र करिब ७ र ८ जना सहयोगीले स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर करिब ३५ हजारमा यी अस्थायी घरहरू बन्न सक्ने बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले भूकम्पको केन्द्र जाजरकोटलगायत क्षेत्रको स्थलगत अवलोकनसहित विभिन्न काम गर्न महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।