१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचनमा धाँधली भएको प्रमाणित हुन सकेन्, छानविन गर्नै तयार भएन पराजित समूह

नेपालब्रिटेन डट कम्
५ मंसिर २०८०, मंगलवार २०:३४

लण्डन । गैरआवासीय नेपाली संघले गत १९ अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको निर्वाचनमा धाँधली भएको प्रमाणित गर्न असन्तुष्ट समूहलाई तेस्रो पटक पत्राचार गरेको छ ।

निर्वाचनमा धाँधली भएको हो भने अन्तर्राष्ट्रियस्तरको स्वतन्त्र कम्पनी (नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी) बाट छानविन गर्न निकतम प्रतिस्पर्धीद्वय राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ र उपाध्यक्ष डा. केशव पौडेललाई पुनः पत्राचार गरिएको हो ।

दुई-दुई पटकसम्म पनि कुनै जवाफ नआएपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ मा पुनः पत्राचार गरिएको संघका प्रवक्ता फडिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्र पठाएको मितिले ५ दिनभित्र सो सम्बन्धि प्रस्ताव पेश गरी सम्पन्न अनलाइन निर्वाचनको छानविन तथा थप सत्य तथ्य विश्लेषणसहितको स्वतन्त्र आइटी अडिट प्रक्रिया अगाडि बढाउने कार्यमा सहजीकरण गरिदिन पनि संघले अनुरोध गरेको छ ।

तोकिएको समयभित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिट व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।


प्रेस विज्ञप्ति

गत १९ अक्टोबर २०२३ ( ३ कार्तिक २०८०) मा काठमाण्डौमा सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा उत्पन्न परिस्थिति र त्यसपछिका विभिन्न आयामहरुबारे यहाँहरुलाई अवगत नै छ ।

निर्वाचनको मतपरिणामलाई लिएर उठेका सवाल सम्बोधनका लागि तत् समय नै अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र कम्पनी (नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी ) प्रस्ताव गर्न निर्वाचनका निकतम प्रतिस्पर्धीद्धय राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ र उपाध्यक्ष डा केशव पौडेललाई पहिलो पटक मिति २१ अक्टोवर २०२३ मा र दोस्रो पटक २७ अक्टोबर २०२३ मा पत्राचार गरिएको स्मरण गराउन चाहान्छौँ । यद्यपी उहाँहरुबाट हालसम्म पनि कुनै जवाफ नआएकोले अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ (४ मंसिर २०८०) मा पुनः पत्राचार गरिएको जानकारी गराउँदछौँ ।

पत्रको मितिले ५ दिन (२४ नोभेम्बर २०२३) भित्र सो सम्बन्धि प्रस्ताव पेश गरी सम्पन्न अनलाइन निर्वाचनको छानविन तथा थप सत्य तथ्य विश्लेषण सहितको स्वतन्त्र आईटी अडिट प्रक्रिया अगाडि बढाउने कार्यमा सहजीकरण गरिदिनका लागि अनुरोध गरिएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ । साथै तोकिएको समयभित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिटको व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने व्यहोरा समेत जानकारी गराइन्छ ।

यस संघको ११ औँ महाधिवेशन र निर्वाचन तथा निर्वाचन परिणाम, त्यसपछि उत्पन्न परिस्थितिलाई नजिकबाट अवलोकन गरिरहनुभएका नेपाल सरकार, राजनीतिक दल, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु, शुभचिन्तक एवं समस्त सरोकारवालाहरुलाई समेत हामी धन्यवाद दिन चाहान्छौँ । साथै सदाझैँको साथ, सहयोग र समर्थनका लागि कृतज्ञ छौँ ।

फणिन्द्र पन्त

प्रवक्ता

अन्तराष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ

मिति ः २१ नोभेम्बर २०२३