११ श्रावण २०८१, शुक्रबार
Follow Us

कतारका विदेश राज्यमन्त्री आज नेपाल आउँदै

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:१६

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै छन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौँबाट प्रस्थान गर्नेछन् ।