१६ बैशाख २०८१, आईतवार
Follow Us

नागरिकता बारे जानकारी दिन एनआरएनएले ल्यायो हटलाइन सेवा

नेपालब्रिटेन डट कम्
८ मंसिर २०८०, शुक्रबार १९:२५

लण्डन। नागरिकता बारे जनचेतना दिने उदेश्यले गैर आवासीय नेपाली संघ (एनआरएनए) ले हटलाएन सेवा सुरु गरेको छ ।
एनआरएनए अन्तरर्गतको कल्याण विभागका प्रमुख रामशरण सिमखडाका अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्दा हुने अप्ठ्यारोहरुलाई सहजीकरण र सरलिकरण गर्ने उदेश्यले सो सेवा ल्याइएको हो ।
गैरआवासीय नेपाली नागरिकता लिने र नागरिकता लिए पछि पनि त्यसको प्रयोग गर्ने क्रममा कतिपय स्थानमा कागजातको बुझाईमा हुने समस्याको समाधान हुने विश्वास संघको रहेको छ ।

सो सेवाको लागि २४ सै घण्टा सातै दिन हटलाइन सर्भिस सुरु गरेको संघले जनाएको छ ।

सरकारले नागरिकता ऐन जारी गरेर नियमावली बनाएपछि गत अक्टोबर १७ तारिखदेखि एनआरएन नागरिकता वितरण सुरु गरेको थियो ।

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक समारोहकाबीच तत्कालिन कार्यकारी अध्यक्ष डा. बद्री केसीले पहिलो पटक एनआरएन नागरिकता लिएरका थिए ।

पछिल्लो समय एनआरएन नागरिकता प्राप्त गर्नका लागि केही झन्झट देखिएको गुनासोहरु सचिवालयमा आएपछि हटलाइन सेवा सुरु गरिएको हो ।