ताजा खबर

अध्यक्षले चाहेमा अब चुनाव हुने बाटो खुल्यो : डा बद्री केसी, एनआरएनए उपाध्यक्ष

माधव मरासिनी ।

क्यालिफोर्निया । गैर आवसिय नेपाली संघ (एनआरएनए) को निर्वाचन अनिश्चि कालका लागि स्थगित भएको छ । गत बुधबार एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै विविध कारणले निर्वाचन स्थगित भएको जनाएका हुन् ।

संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच एनआरएनएका भावी अध्यक्षका उम्मेदवार डा बद्री केसीलाई निर्वाचन किन रोकियो भन्ने प्रश्न गरिएको छ ।

शुक्रबार बेलायतमा रहेर पत्रकारीता क्षेत्रमा सक्रिय पत्रकार चिरन शर्माले अन्तरवार्ता लिएका छन् । डा. केसीलाई पहिलो प्रश्न थियो निर्वाचन किन रोकियो ?

उनले प्रमुख निर्वाचन आयुक्त लालमणी पौडेलले राजीनामा दिएका कारण निर्वाचन रोकिएको बताएका छन् । निर्वाचनका कामहरु भइरहेका बेला निर्वाचन आयुक्तले राजीनाम दिँदा तत्काल निर्वाचन गर्न सम्भव नदेखिएकाले निर्वाचन रोकिएको उनले बताए । दोस्रो निर्वाचन आयुक्त तोक्दा सबै निर्वाचनका कार्यक्रम प्रभावित भएको उनको भनाइ छ ।

संघको निर्वाचन नगरी भागवण्डा गर्ने भन्ने कुरामा सत्यता नभएको भन्दै उनले भने, एनआरएनको नेतृत्वको भागवण्डा गर्ने तर्क हस्यस्पद हो। त्यो कसैको इन्टेस्टको विषय होला तर संघको चुनाव हुन्छ । निर्वाचन रोकिनुमा बाहिरी तत्वको हस्तक्षेपले हो भन्ने कुरा निधार भएको उनले बताए । तर निर्वाचन रोक्न परराष्ट्र मन्त्रालय भने लागि परेको उनले आरोप लगाए ।

अब परराष्ट्र मन्त्रालयको चिठी अबैध थियो भनेर पाटन उच्च अदालतले पुष्टि गरिसकेकाले एनआरएनएमा कुनै हस्तक्षेप नरहेको उनले बताए । उनले भने, हिजो एनआरएनएका भावी उम्मेदवारहरुले नै राजनीतिक पार्टीलाई प्रभावमा पारेर परराष्ट्रलाई प्रयोग गरे अब त्यस्तो हुनेवाला छैन्, । राजनीतिक पार्टीलाई प्रयोग गरेर चुनाव रोकिँदो रैनछ भन्ने सन्देश अदालतले दिइसकेको छ । बिधि र बिधान भित्र रहेर निर्णय गर्नलाई खुला बाटो खुलेको छ । अब बिधि बिधान बाहिर गएर निर्णय गर्न कसैलाई छुट छैन् उनले भने ।

उनले अगाडी थपे, अब पनि कुनै व्यक्ति विधि विधान बाहिर गएर निर्णय गरेमा आदालतमा जान सकिन्छ भन्ने नजिर बसेको छ । एनससी आइसीसीले निर्वाचनको सम्पूर्ण अधिकार अध्यक्षलाई दिएको हुँदा अब निर्वाचन प्रक्रियामा कुनै हस्तक्षेप नहुने उनले बताए । अब चुनाव गराउनको लागि मार्गप्रसस्त भएको छ । निर्वाचन आयुक्त पौडेलले राजीनामा दिँदा निर्वाचन तलमाथि भएको हो । चाँडै निर्वाच हुनेमा आफु ढुक्क रहेको उनले बताए ।

भावी अध्यक्षका उम्मेदवार केसीले अध्यक्ष पन्तले सहमतिका लागि भनेर चार सदस्यीय समिति गठन गरेकोमा असन्तुष्टि जनाए । सो समिति गठनबारे आफुलाई जानकारी नभएको भन्दै उनले डेलिकेटको विवाद समधान गर्न गठन गरिएको सो समितिमा रविना थापाको तर्फबाट पनि प्रतिनिधि राख्नु पर्ने उनले बताए ।

एक जना उम्मेदवारको तर्फबाट दुई–दुई जना सदस्य राख्ने भनिए पनि बाँकी दुई जना अध्यक्षलाई नसोधि समिति बनाइएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

अध्यक्षसँगको छलफलमा रविना थापा मेरो एक–एक जना प्रतिनिधि उक्त समितिमा राख्ने भनेपनि दुई पटक बैठक बस्दा पनि आफुले पठाएको प्रतिनिधिलाई नबोलाएको उनले बताए ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्