१२ श्रावण २०८१, शनिबार
Follow Us

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०८०, बुधबार १३:३८

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स जानुअघि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भेटमा कोप २८ मा नेपालका तर्फबाट उठान हुने विषय सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई जानकारी गराउनु भयो ।

भेटमा राष्ट्रपति पौडेलले विश्वकै ध्यान आर्कर्षित हुने वातवरणीय सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ उठाउनु हुन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।