२० बैशाख २०८१, बिहीबार
Follow Us

प्रकाश सपूतको नयाँ गीत ‘खुलेर कुरा गरौँ’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०८०, शनिबार ०६:१३

काठमाडौं– गायक प्रकाश सपूतको महिनावारीसम्बधी सचेतनामूलक गीतिभिडियो ‘खुलेर कुरा गरौँ’ सार्वजनिक भएको छ।

सपूतको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतिभिडिओमा महिनावारीबारे समाजको अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ।

गीतको शब्द रचना पत्रकार तथा गीतकार डिबी खड्का र प्रकाश सपूतले गरेका छन्।

प्रकाश सपूतकै संगीत रहेको गीतमा उनी लगायत तुलसी बोहोरा, रेखा जोशी र सुनिता बुद्ध क्षेत्रीले स्वर दिएका छन्।

प्रकाश सपूतको कन्सेप्ट रहेको गीतमा भिडियोलाई सुनिल विकेले निर्देशन गरेका छन्। भिडिओमा प्रकाशसँगै केकी अधिकारी र सेविता अधिकारीले अभिनय गरेका छन्।