१२ श्रावण २०८१, शनिबार
Follow Us

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०८०, शनिबार १३:०६

रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। धवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको प्रहरीको भनाइ छ।

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो।