१२ श्रावण २०८१, शनिबार
Follow Us

कारोबार करिब १ वर्षकै उच्च भएपनि २१ सयभन्दा तल झर्‍यो सेयर बजार

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार १३:४१

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अङ्क घटेर २०८८ मा कायम भएको हो ।

कारोबार रकम भने करिब १ वर्षकै उच्च भएको छ । दिनभर कुल ७ अर्ब ११ करोडको कारोबार भयो । यो कारोबार रकम २६ पुस २०७९ यताकै उच्च हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।

७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढेको छ । लगानी र व्यापार समूह सबैभन्दा धेरै घटेका छन् ।