१२ श्रावण २०८१, शनिबार
Follow Us

ग्यालेक्सी फोरके टिभीमा समाचार र कार्यक्रम उत्पादन बन्द

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार १३:४२

काठमाडौं । गत १ पुस देखी ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ। कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम बन्द गरेका हुन ।

ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब नपाएको ग्यालेक्सी फोरकेमा कार्यरत एक पत्रकारले जानकारी दिएका छन । ति पत्रकारले टेलिभिजनमा समाचारहरू सबै रोकिएको र लाइभ कार्यक्रम र प्रोड्क्सन सबै रोकिएको जानकारी दिएका छन ।

अहिले ग्यालेक्सी फोरके टेलिभिजन पुराना रेकर्डिङ र गीत मात्र बजिराखेको छ । पत्रकार र कर्मचारीहरुले अहिले पनि कार्यालय पुगेर हाजिरी भने गर्ने गरेका छन्। ग्यालेक्सी टिभीका सञ्चालक तथा अध्यक्ष जिबी राई लामो समयदेखि फरार रहेका छन ।