१२ श्रावण २०८१, शनिबार
Follow Us

धरानका मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८०, बिहीबार १४:१०

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपतिको रामचन्द्र पौडेल तस्वीर हटाएका छन् । आज (बिहीबार) उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए ।

उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले जानकारी दिएका छन । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको भन्दै यसको विरोध गरेका छन । उनले,भनेका छन, उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ ।

उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ ।’