१८ बैशाख २०८१, मंगलवार
Follow Us

एफए कपबाट वेस्टह्याम बाहिर

नेपालब्रिटेन संवाददाता
३ माघ २०८०, बुधबार ०५:३६

लन्डन। प्रिमियर लिग टोली वेस्टह्याम एफए कपको तेस्रो चरण चरणबाटै बाहिरिएको छ । च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीसँग १-० ले स्तब्ध भएपछि वेस्टह्याम बाहिरिएको थियो । खेलको दोस्रो हाफमा वेस्टह्याम १० खेलाडीमा समेटिएको थियो ।

तेस्रो मिनेटमा टमी कोनवेले माभ्रोपनोसको पासमा गरेको गोल नै ब्रिस्टलका लागि जित पर्याप्त बन्यो । ब्रिस्टलको घरमा जारोड बोवेन, लुकास पक्वेटा र मोहम्मद कुदुसबिना मैदानमा उत्रिएको वेस्टह्यामले खास मौका बनाउन सकेन ।

सेड बेनरहमाले जो विलियम्सलाई फाउल गरेपछि ५१औं मिनेटमा डेभिड मोयेसको टोली १० खेलाडीमा सीमित भएको थियो । ब्रिस्टलले अब चौथो चरणमा प्रिमियर लिग क्लब नटिंघम फरेस्ट वा लिग वन ब्ल्याक-पुलबीचको विजेतासँग खेल्नेछ । यस्तै वोल्भरहृयाम्प्टन, बर्मिंघम सिटी, लुटन टाउन र न्युपोर्ट काउन्टी पनि एफए ककपको चौथो चरणमा प्रवेश गरेका छन् ।