१९ बैशाख २०८१, बुधबार
Follow Us

देश बाहिर दर्ता गरेर पनि एनआरएनए चल्न सक्छ : डा. हेम राज शर्मा, उपाध्यक्ष (भिडियो)

नेपालब्रिटेन डट कम्
३ माघ २०८०, बुधबार २३:४९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थालाई विदेशमा दर्ता गरेर पनि अघि बढ्न सकिने बताएका छन् ।
डा. शर्माले नेपालप्रेसलाई दिएको अन्तरवार्तामा संघले आइएलओ, आइएमओ जस्ता अन्तराष्ट्रिय संस्थासंग मिलेर काम गरेको अनुभवमा देश वाहिर संस्था दर्ता गरेर काम गर्न सकिने विचार व्यक्त गरेका हुन् ।
डा. शर्माले परराष्ट्र मन्त्रालयमा दर्ता गर्दा पटक पटक राजनीतिक हस्तक्षेप गरेको भन्दै मन्त्रालयको विकल्पमा अन्य अन्तराष्ट्रिय संस्था जस्तै दर्ताको विकल्प खोज्न सक्ने संकेत गरेका हुन् ।

यसअघि डा. शर्माले परराष्ट्र मन्त्रालयले संघलाई नविकरण नगरेर अन्याय गरेको कारण अदालत जान परेको बताएका थिए । डा. शर्माले गैरआवासीय नेपालीहरुबीच देशको समृद्धिको लागि ठूलो सम्भवना रहेको बताउँदै नेपालका राजनीतिक दलहरुले संस्थाको महत्व नबुझेको बताए ।

अन्तरवार्ताको पूर्णपाठ