१२ श्रावण २०८१, शनिबार
Follow Us

सम्पत्ति शुद्धीकरणमा इच्छाराज तामाङ विशेष अदालतबाट दोषी ठहर

नेपालब्रिटेन संवाददाता
७ माघ २०८०, आईतवार १३:४२

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक तथा संविधान सभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको प्रवक्ता कार्कीले बताए ।

शिभिल सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरी तामाङले कम्पनीमा सेयर खरिद र घरजग्गामा लगानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी थियो । एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी गरेको आरोप तमाङमाथि लागाइएको थियो ।