२ बैशाख २०८१, आईतवार
Follow Us

सीता एयर भित्तामा ठोकिएपछि पखेटा फुट्यो

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार ०७:५३

लन्डन । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले लण्डन प्रतिद्वन्द्वी टोटनह्यामलाई २ का विरुद्ध ४ गोलले पराजित गर्‍यो ।
खेलमा चेल्सीलाई विजयी गराउन विलियनले दुई गोल गर्दा एडिन हाजार्ड र नेमान्जा माटिचले एक–एक गोल गरे । पराजित टोली टोटनह्यामका लागि ह्यारी केन र डेले अलीले एक/एक गोल गरे ।
चेल्सीले अब एफ.ए कपको उपाधि भिडन्तमा आर्सनल र म्यानचेस्टर सिटीबीचको दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाईनल खेल आज बेलुकी हुनेछ ।