१६ बैशाख २०८१, आईतवार
Follow Us

मन्त्री आचार्य र एनआरएनए प्रतिनिधिमण्डलबीच भेटघाट

नेपालब्रिटेन डट कम्
१७ माघ २०८०, बुधबार १४:१८

लण्डन । गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसंग भेटघाट गरेको छ ।

भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको सकृयतमा नेपालमा संचालित सडक बालवालिका सम्बन्धी परियोजनाको बारेमा जानकारी गराएका थिए । डा. केसीले संघ नेपाल सरकार र प्रादेशिक सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए ।

मन्त्री आचार्यले महिला तथा बालबालिकाहरुको हक र हितको लागि मन्त्रालय गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सम्म संघको तर्फबाट भएका कामहरुको प्रशंसा गर्दै सडक बालबालिकाहरुको परियोजनालाई प्रादेशिक रुपमा पनि संचालन गर्न आग्रह गरे ।

यसअघि संघले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गत वर्षदेखि संचालित नेपालका सडकलाई बालबालिको सहायता परियोजनलाई निरन्तरता र थप तिब्रता दिदै हाल रहेको ५० जनाको सहयोगलाई सन् २०२५ सम्म १०० जनालाई पु–याउने घोषणा गरेको थियो ।
संघले सन् २०५० सम्ममा नेपालका सडक बालबालिकरहित बनाउने अभियान संचालन गर्ने भएको छ ।

बुधवार मन्त्रालयमा भएको भेटघाटमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, महिला उपाध्यक्ष रोजिना प्रधान, सचिव टिका गुरुङ लगायतको उपस्थिति थियो ।

कोशी प्रदेशमा चिया सम्मेलन हुने
कोशी प्रदेशमा अन्तराष्ट्रिय चिया सम्मेलन गर्नको लागि गैरआवासीय नेपाली संघ र कोशी प्रदेश लगानी प्राधिकरणबीच छलफल भएको छ ।

संघको केन्द्रीय कार्यालयमा बुधवार भएको भेटघाटमा कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी डा. सरोज कोइरलाले सम्मेलनमा गैरआवासीय नेपालीहरुको सहयोगको अपेक्षा गरिएको बताए ।
यसअघि संघका अध्यक्ष डा. बद्री केसीले संघले प्रदेश सरकारहरुसंघ मिलेर काम गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए ।