१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा एनआरएनएले सहकार्य गर्ने

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८०, मंगलवार १२:०६

भैरहवा । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य गर्ने भएको छ । शान्तिका लागि बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन बुद्धसँग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिकासँग एनआरएन अध्यक्ष डा. बद्री केसीले समझदारी र सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धन र विकासका लागी विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध सङ्ग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगारपालिका, सहकार्य सस्थाहरु गैर आवसीय नेपाली सघ अन्तराष्ट्रीय समन्वय परिषद, लुम्बिनी होटल सघ लुम्बिनी बीच अन्तर्कृया एवम् समन्वय बैठक हिजो सोमबार सम्पन्न भयो । लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन्न मुसलमानको अध्यक्षता, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलको बिशिष्ठ आतित्थ्यता, एनआरएनए अध्यक्ष डा. केसी, उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, युरोपका पुर्व सयोजक सन्तोष भटराई, ट्रायाभिलिटी कर्पोरेशनका सस्थापक आर्यन बास्तोला र प्रतिक्षा केसी बैठकमा सहभागी थिए ।

बैठकमा लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजन,, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, लुम्बिनी होटल सघका अध्यक्ष गोविन्द ज्ञवाली, लुम्बिनी होटल सघका उपाध्यक्ष शेखर कार्की, सदस्य एकराज कडेल, लुम्बिनी सास्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्याल, समन्वय शाखा प्रमुख तुलसीराम लामिछाने, प्रशासन शाखा पमुख शोभखर पौडेल, जिन्सी शाखा प्रमुख पुष्पा पोख्रेल, सामाजिक विकास शाखा प्रमुख फणिन्द्र पाल, समाजसेवी शिवानन्दन हरिजन,, लुम्बिनी बिकास मन्चका उपाध्यक्ष राहुल गौतमलगायतको उपस्थिति थियो ।

भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासका लागि एवम् विश्व शान्तिका लागि बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन अन्तराष्ट्रीय स्तरमा समन्वय एवम् सहजिकरणका लागी एनआरएनए आईसीसी उपमहासचिव सोम सापकोटालाई अन्तराष्ट्रिय समन्वयकर्तामा मनोनयन गरी पत्र हस्तान्तरण गरिएको छ ।