१२ श्रावण २०८१, शनिबार
Follow Us

‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी’

नेपालब्रिटेन संवाददाता
२४ माघ २०८०, बुधबार १३:११

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले यस्तो बताएका हुन । उनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको ससक्त दाबी रहेको बताएका छन ।

उनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताएका छन । उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने पनि बताएका छन ।

उनले भने,‘प्राकृतिक रुपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । माओवादी केन्द्रको दाबी छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौँ ।

र अरु दलहरुसँग पनि छलफल गर्छौ । राष्ट्रिय सभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ ।’ सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद पुनले माइतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताउका छन । उनले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो बनुपर्ने पनि बताएका छन ।