११ श्रावण २०८१, शुक्रबार
Follow Us

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

नेपालब्रिटेन संवाददाता
२४ माघ २०८०, बुधबार १३:१६

काठमाडौं । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकलेले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

सो विधेयक पारित गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।