१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बालिका अपहरण गरी दुष्कर्म गर्ने ३ जना सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२६ माघ २०८०, शुक्रबार ११:४४

काठमाडौं । बालिका बलात्कार गर्ने लुटेरा समूहलाई प्रहरीले सार्वजनिक गरेको छ । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

धनुषाको सम्सी गाउँपालिका–१ मा मामाघर बस्दै आएकी १३ वर्षीया बालिका गत २२ माघको राति अपहरण गरी लुटेराले बाँसघारीमा लगेर बलात्कार गरेका थिए ।

महोत्तरी प्रहरीका इन्स्पेक्टर महेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ का २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार राज्यको सीतामढी ग्राम पञ्चायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अन्सारी छन् ।

घटनामा संलग्न अर्का एक फरार रहेको उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।