१८ बैशाख २०८१, मंगलवार
Follow Us

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८०, आईतवार ०६:४०

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भुटानले दिएको ६६ रनको लक्ष्य पछाएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउदै ६५ रन बनाएको थियो ।

यो जित सँगै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल २ जितमा ४ अंकसहित समुह डी मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै भुटानको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ । नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग मंगलबार खेल्ने तालिका रहेको छ ।